ट्रक दुर्घटना हुँदा एकको मृत्यु – Kanika Khabar
Thursday, May 15Nepali News Portal

ट्रक दुर्घटना हुँदा एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १८, पाल्पा
पाल्पामा निर्माण सामग्री बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला स्थित रामपुर नगरपालिका वडा नं. ४ सिताकुण्ड ठाँटीमा निर्माण सामग्री जाली बोकेको मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । हेटौंटा बाट रामपुर तर्फ आउँदै गरेको प्रदेश ३–००१ अ यो –००७१ नम्बरको मिनिट्रक दुर्घटना हुँदा सर्लाहीका बागमती नगरपालिका वडा नं. ६ का ३० बर्षिय सन्तोष गहतराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका १६ बर्षिय राहुल विक घाईते भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्