अवैध सालको काठ सहित चार मोटरसाईकल बरामद – Kanika Khabar
Sunday, July 19Nepali News Portal

अवैध सालको काठ सहित चार मोटरसाईकल बरामद

    मा प्रकाशित

कनिका खबर
भदौं १८, कपिलवस्तु
कपिलवस्तुमा अवैध सालको काठ सहित चार वटा मोटरसाईकल बरामद गरिएको छ । मायादेवी साझेदारी बन क्षेत्र अन्तरर्गत वाणगंगा नगरपालिका १० गल्हीबाट अवैध रुपमा सालको काठ चोरी गरी लैजाने क्रममा बरामद गरिएको हो । डिभिजन वन कार्यालय पटना , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पटना र मायादेवी साझेदारी वन हेरालु समेतको संयुक्त टोलीले बुधबार राती गस्ती गर्ने क्रममा सो काठ र मोटरसाइकल बरामद गरेको सहायक वन अधिकृत मदन मोहन सयन्डीले बताउनुभयो ।

रातीको समयमा तस्करहरुले गस्ती टोलीलाई देखेपछि चोरी तस्करीमा संलग्न मोटरसाइकल समेत छाडेर भागेको उहाँले बताउनुभयो । दुई थान सालको गोलिया तस्करीको लागि लु ५ प १२०५ र लु १४ प २३६ नम्बर र दुई वटा नम्बर नभएका मोटसाईकल प्रयोग भएको पाइएको छ । फरार रहेको व्यक्तिको खोजी कार्य जारी रहेको राख्दै थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय कपिलबस्तुले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्