ब्राजिलमा कोरोन सङ्क्रमणको संख्या ४० लाख नाघ्यो – Kanika Khabar
Monday, November 23Nepali News Portal

ब्राजिलमा कोरोन सङ्क्रमणको संख्या ४० लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर

भदौं १९, दाङ

कोरोना महामारीका कारण दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४३ हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेसँगै ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ४० लाख ६१ हजार ६ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ब्राजिलमा ८ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको दरमा वृद्धि हुने क्रम अझै जारी रहेकाले सबैलाई स्वास्थ्य सावधानी अपनाउन भनेको छ । अमेरिकापछि ब्राजिलामा सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमित हुनेपनि धेरै ब्राजिलमै छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्