काठमाडौँ । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गान्धीको जीवन, आदर्श र योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए । उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको प्रतिबद्धतासमेत जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा रहेका छन्।
1795413805.jpg)


