आज दाङमा थप ६ जनामा काेराेना पुष्टि – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

आज दाङमा थप ६ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

भदाै १९, दाङ ।

आज शुक्रबार दाङ जिल्लामा कोभिड १९ नयाँ संक्रमीत हुनेको संख्या ६ पुगेको छ । यसअघि दाङमा ४ जनामा काेराेना सङ्क्रमण पुष्टि भन्ने सुचना सार्वजनिक गरिएकाे थियाे ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा दाङमा ४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा शान्तीनगर वडा नं. ७ का ३२ वर्षका १ जना पुरूष र स्वास्थ्य सेवा कार्यालय सुर्खेतमा गरिएकाे परीक्षणमा दंगीशरण वडा नं. २ का ३८ वर्षका पुरूष संक्रमित भएको रिपोर्ट सार्वजनिक भएपछि आज दाङमा सङ्क्रमित हुनेकाे संख्या ६ पुगेकाे हाे ।

प्रतिष्ठानमा गरिएकाे परीक्षणमा घोराही वडा नं. १५ का २ जना संकेरमण पुष्टि भएकाे हाे । घाेराही वडा नं.१५ का २५ वर्षकी १ महिला र ६ वर्षका १ बालक सङ्क्रमित रहेका छन् ।

त्यसैगरी राजपुर गाउँपालिका वडा नं. ७ का १७ वर्षीया १ पुरूष र ३६ वर्षीया १ पुरूषमा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्