बिराटनगरका सङ्क्रमित महिलाको धरानमा मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

बिराटनगरका सङ्क्रमित महिलाको धरानमा मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं २०, काठमाडौं
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर–११ का ४३ वर्षीया महिला रहेकी छन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । प्रादेशिक प्रयोशाला बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ । पछिल्लो पटक श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्