शरद सागर देबकोटा
भदौ २०, दाङ ।
कुनै समयमा निकै लोकप्रिय मानिएको माटोको भाँडाको प्रयोगको चलन अहिले ह्वात्तै घटेको छ । माटाका भाँडाकुडाको प्रयोग हुन छाडेसँगै देउखुरीका कुमालहरुको परम्परागत पुख्र्यौली पेसा संकटमा पर्दे आएको छ ।
बिगतमा माटाको भाँडाकुडा बनाएर त्यसको बिक्रीबाट प्राप्त हुने आम्दानीले जीवन निर्वाह गर्ने गरेका कुमाल समुदायका मानिसहरु अहिले सो पेसाबाट परिवार पाल्न त के जिउ पाल्न पनि हम्मेहम्मे हुने गरेको लामो समयदेखि माटाका भाँडा बनाउने पेसामा संलग्न गढवा गाउँपालिकाका कुमाल टोलका ज्येष्ठ सदस्य ७५ वर्षीय दुखराम कुमाल बताउँछन् । उनले भने, ‘पहिले घरघरमा धारा थिएन टाढाबाट पानी बोक्नुपथ्र्येा । अनि बजारहरुमा छ्याप्छ्याप्ती प्लास्टिकका भाँडा पनि हँदैनथेँ र माटोको घैटा , भोक्री, माटोको कोसी लगायतका सामानहरु धेरै बिक्थे पहिले नै अडर हुन्थ्यो , अहिले धेरै जसोको घरमा पानीका धारा हुन थाले, घैटोबाट डोकोमा राखेर पानि बोक्ने चलन हराउँदै जानथाल्यो ।’
अहिले माटोको भाँडाको ठाउँमा विभिन्न खाले प्लास्टिकको भाँडाहरुको चलन बढेपछि हाम्रो पेसा अहिले घरको न घाटको जस्तो भएको छ । । ‘जिउ पाल्नका लागि नभई अहिले पुर्खाको बिडो जगाउनका लागि काम गरेका छाँै, गतसालसम्म त तिहारमा गमला, माटाका पालाहरु बिक्थे अहिले त्यो पनि बिक्री हुन्छ, हँुदैन दुबिधामा छौँ ।’ कुमालले भने ।
गढवा गाउँपालिका वडा नम्बर ६मा रहेको कुमाल बस्तीमा हाल करिब १ सय पाच घरधुरी कुमालहरुको बस्ती घेरिएर रहेको छ । दुई दशक अघि मात्र सात आठ घर रहेको सो क्षेत्रमा अहिले १ सय ५ घर भएका छन् । ती सबैको परम्परागत जातीय पेसा भनेको माटाकाृ भाँडाकुडा बनाउने र बिक्री गर्ने भए पनि पेसा चल्न छोडेपछि युवा पिंढीले भने पुर्खाको पेसा धान्नेतिर भन्दा कसरी जीवनयापन गर्र्ने र घरपरिवार चलाउन सकिन्छ भन्नेतिर लागेको गढवाका बुद्धिमान कुमालको बताउँछन् ।
माटाको भाडाबाट परिवार पाल्न धौ हुन थालेपछि पछिल्लो पिंढकिा युवाहरु भने रोजगारीका लागि केही बाहिर जाने र केहीले अन्य वैकल्पिक पेसा अपनाउन थालेको स्थानीय कुमाल जातिका मानिसहरुले बताएका छन् । युवा पिंढीले माटोको भाँडा बनाउनेप्रति रुचि नदेखाएपछि पुर्खाले गर्दे आएको पेसा कसरी टेकाउने भन्ने चिन्ता थपिएको कुमाल समुदायका बुढापाकाहरुले बताएका छन् ।
सरकारले पुराना कला र सस्कृतिलाई संरक्षण गर्ने भनिए तापनि माटोको घैटा बाहेकका अन्य कलात्मक सिप वा तालिम पाउन सके माटोको सहायताबाट विभिन्न आकारका भाँडाकुडा बनाई जीवनयापन गर्दे आएका कुमालहरुले सोही पेसालाई पनि निरनतरता दिन सक्ने देखिन्छ ।
माटाको कलात्मक भाँडाबाट जीवन धान्दै आएका कुमाल जातिको पेसा मात्रै संकटमा परेको छैन यतिबेला उनीहरुको जीवनयापन पनि मुख्य चुनौति बनेर आएको छ । एकातिर कुमालको पु्ख्र्यौली पेसालाई निरन्तरता दिने र अर्कोतिर माटोका कलात्मक बस्तु निर्माण गरेर आर्थिक आयआर्जनको बाटो प्रशस्त पार्न स्थानीय निकायले पनि ध्यान दिन जरुरी छ । यस पेसालाई पेसाका रुपमा मात्र नहेरी कलाका रुपमा विकास गर्न सक्ने हो भने बास्तुकलाको एक उत्कृष्ट नमुनाका रुपमा प्रवद्र्धन गर्न सकिन्छ ।