दाङकाे तुलसीपुरमा नाइ व्यवसायी , स्वास्थ्यकर्मी, हाेटल व्यवसायीमा काेराेना पुष्टि – Kanika Khabar
Friday, May 15Nepali News Portal

दाङकाे तुलसीपुरमा नाइ व्यवसायी , स्वास्थ्यकर्मी, हाेटल व्यवसायीमा काेराेना पुष्टि

    मा प्रकाशित

जीतसागर जी.एम.
दाङ, २० भदौ ।
दाङकाे तुलसीपुरमा समुदायस्तरका १९ जनामा कोरोना संक्रमण भएको छ । तुलसीपुरमा आज संक्रमण हुनेमा ४ जना स्वास्थ्यकर्मी, १ जना कार्यालय सहयोगी, एक जना कपाल काट्ने नाइ व्यवसायी व्यवसायी मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी १ जना होटल व्यवसायी , २ जना होटेलमा बसेका व्यक्ति, १ जना घरमै बसेका व्यक्ति र संक्रमितका परिवार ९ जनामा कोरोना संक्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल बिमल केसीले जानकारी दिए ।
तुलसीपुरका १४३ जनामध्ये १९ जनामा कोरोना संक्रमण देखिएको हो । मानपुर स्वास्थ्य चौकीका दुई जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी, पवननगर स्वास्थ्य चौकीका १ जना स्वास्थ्यकर्मी र हेमन्तपुर नगर स्वास्थ्य केन्द्रका १ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । त्यसैगरी तुलसीपुर–५ मा कपाल काट्ने नाई व्यवसाय संचालन गरेका १ जना संक्रमण देखिएको हो ।
यससंगै तुलसीपुरमा कुल संक्रमितको संख्या १२० पुगेको छ । उनिहरुमध्ये ७८ जना निको भएर घर फर्किएका छन् भने ४२ जना सक्रिय संक्रमित रहेका छन् । आज संक्रमण भएका १९ जनालाई बेलझुण्डी कोरोना विषेश अस्पतलमा लैजाने तयारी भइरहेको फोकल पसर्नन केसीले जानकारी दिए । तुलसीपुरमा अहिले ७ जना होम आइसोलेसनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्