स्थानीय तहमा काङ्ग्रेसबाट उम्मेदवार बन्न लिडरसिप एकेडेमीको कोर्स अनिवार्य : सभापति थापा – Kanika Khabar
Saturday, May 30Nepali News Portal

स्थानीय तहमा काङ्ग्रेसबाट उम्मेदवार बन्न लिडरसिप एकेडेमीको कोर्स अनिवार्य : सभापति थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगरे स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

शनिबार नेपाली काँग्रेसको भातृसंघ नेपाल थारु संघको महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् ।

सभापति थापाले भने- ‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लिडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लिडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ ।’

उनले नेतृत्व विकासका लागि लिडरशिप एकेडेमीको छुट्टै संरचना स्थापना गरिएको स्पष्ट गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्