नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने – Kanika Khabar
Saturday, August 15Nepali News Portal

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने

    मा प्रकाशित

कनिका खबर
भदौं २१, भक्तपुर
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ । एनओसीको हिजो बसेको बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो । बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ । एनओसीले कोरोना सङ्क्रमित महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोना मुक्त भएको समेत जानकारी दिएको छ । यस्तै कोरोना सङ्क्रमित ओलम्पियन जितबहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय सञ्चालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन समेत दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्