विपी कोइराला युवा नेतृत्व विकास मन्चको जाजरकोट अध्यक्षमा : पुन – Kanika Khabar
Friday, April 19Nepali News Portal

विपी कोइराला युवा नेतृत्व विकास मन्चको जाजरकोट अध्यक्षमा : पुन

    मा प्रकाशित

कुलराज पोख्रेल
भदौ २१, दाङ ।


नेपाली काँग्रेस निकट वौद्धिक युवाहरुको सस्था विपी कोइराला युवा नेतृत्वविकास मन्चको जाजरकोट अध्यक्षमा विद्यार्थी नेता निमवहादुर पुन निर्मललाइ मनोनयन गरिएको छ ।
मन्चले शुक्रवार पुनलाइ जाजरकोट अध्यक्ष पदमा मनोनयन गरेको हो । नेपाल विद्यार्थी संघको महेन्द्र वहुमुखी क्याम्पस घोराही इकाइ समिति उपसभापति समेत रहेको भेरी नगरपालिका वडा नम्वर ७ पुन्माका पुनलाइ जननायक विपी कोइरालाको विचार नीति र अवधारणालाइ गाउँ गाउँ पुरयाउन मन्चको जिल्ला अध्यक्षमा मनोनयन गरिएको वताइएको छ ।
लोकतन्त्रमा विस्वास गर्ने, लोकतन्त्रमा आफनो भविस्य खोज्ने र लोकतन्त्रमा समृद्ध नेपालको सपना देख्ने युवाहरुका लागि स्थापित मन्चले नेपाली राजनीतिका शिखर पुरुष विपी कोइरालाले लोकतन्त्र र राष्टियताका लागि व्यक्त गरेका विचारहरुको प्रचार प्रचार गर्न संगठन विस्तारका क्रममा विद्यार्थी नेता पुनलाइ जाजरकोट अध्यक्ष तोकेको हो ।
मन्चको उद्देश्य नीति र विद्यान अनुसार आफुले जिल्लामा सवैसंग सहकार्य गरेर समिति विस्तार तथा अन्य गतिविधिहरु अघि वढाउने मन्चका नवमनोनित अध्यक्ष पुनले वताए । उनले नेपालको राजनीति र लोकतान्त्रिक आन्दोलनमा विपीले निर्वाह गरेको भुमिका र सिर्जना गरेको आदर्शलाइ जाजरकोटी युवाहरुका माझ फैलाउने वताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्