६८ युवा कांग्रेस प्रबेश – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

६८ युवा कांग्रेस प्रबेश

    मा प्रकाशित
शिवराज खनाल
लमहि २१ भदौ
देउखुरीको लमहि नगरपालिका वडा नम्बर ८ सतबरियामा विभिन्न पार्टी परित्याय गरि ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा तत्कालीन माओवादि , जनता समाजबादी पार्टी र राप्रपाका नेता तथा कार्यकर्ताहरु रहेका छन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य योगेन्द्र चौधरीले उनिहरुलाई पार्टी प्रबेश गराउँदै फुल, माला अबिरले स्वागत गरेका थिए ।
पार्टि प्रबेश कार्यक्रममा बोल्दै संविधान सभा सदस्य चौधरीले ” देशको समृद्दि र हितका लागि युवा आबस्यक रहेको बताउँदै उनले जनताको हकहितका लागि युवाहरुनै अग्रसर बन्नुपर्ने बताएका थिए ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेय, नेपाली काङ्ग्रेसका महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, काँग्रेस नेता मधु न्यौपाने, लमही नगर वडा-७ का वडा सभापती लाल बहादुर बुढाथोकी, वडाध्यक्ष मेघनारायण चौधरी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्