कोरोनाबारे मिथ्या हल्ला फैलाउने पक्राउ – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

कोरोनाबारे मिथ्या हल्ला फैलाउने पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २२, ललितपुर ।
कोरोना भाइरसबारे मिथ्या भ्रम फैलाउने एक जनालाई आज सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्। । उनले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए।
उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरीरका विभिन्न महत्वपूर्ण अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको समेत आरोप लगाएका थिए।

प्रहरीले उनलाई सोमवार ललितपुर नक्खिपोटबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्