रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर

    मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहा विरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।

टीकापुर घटनामा ज्यान गुमाएका तत्कालीन नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

उक्त मुद्दामा राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतलाई विपक्षी बनाइएको थियो ।

२०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर काण्डमा जन्मकैदको सजाय काटिरहेका रेशमलाल चौधरीको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

सरकार र राष्ट्रपतिको सो निर्णय असंवैधानिक, गैरकानूनी र पीडितको न्याय पाउने मौलिक अधिकारविपरीत रहेको दाबी गर्दै शारदा कडायत सर्वोच्च पुगेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्