कोरोना संक्रमित थप एक पुरुषको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

    मा प्रकाशित

कनिका खवर
भदौ २३, वरिगञ्ज
वीरगञ्जमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गराइरहनु भएका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । साउन १४ सङ्क्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो । ती पुरुषमा कोरोना सङ्क्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । हिजो मात्रै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्