कोरोना संक्रमित थप एक पुरुषको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

    मा प्रकाशित

कनिका खवर
भदौ २३, वरिगञ्ज
वीरगञ्जमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गराइरहनु भएका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । साउन १४ सङ्क्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो । ती पुरुषमा कोरोना सङ्क्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । हिजो मात्रै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्