तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई निर्देशन – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

तीन दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई निर्देशन

    मा प्रकाशित

कनिका खवर
भदौ २३, काठमाडौं

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो । तीन दिन भित्र खटाइएको स्थानमा हाजिर नहुने कर्मचारीलाई कानुनी कारवाही पनि गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले सीआइएनसँग बताउनुभयो । खटाइएको ठाउँमा कर्मचारी नपुगेका कारण दैनीक कामकाज देखि अहिले विश्वभर फैलिरहोके कोभिड–१९ का कारण व्यवस्थापन गर्नुपर्ने लगायतका काम अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खटाइएको ठाउँमा कर्मचारी नपुगको भए मन्त्रालयमा बेलैमा जानकारी गराउन पनि सबै तहका कार्यालयलाई आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्