आज अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै, शिक्षा दिवस सारियो – Kanika Khabar
Sunday, October 11Nepali News Portal

आज अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै, शिक्षा दिवस सारियो

    मा प्रकाशित

कनिका खवर
भदौ २३, काठमाडौं
आज यस अन्तराष्ट्रिय साक्षरता दिवस विश्वभरी नै भर्चुल कार्यक्रम गरेर मनाइदैछ । सरकारले यस वर्षदेखि अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस छुट्टा छुट्टै मनाउने भएको छ । यसअघि दुवै दिवस एकै दिन सेप्टेम्बर आठ तारिख अर्थात आज मनाउने गरिन्थ्यो । आज अन्तराष्ट्रिय साक्षरता दिवस मात्र मनाइने र राष्ट्रिय शिक्षा दिवस भने अर्को कुनै दिन मनाउने निर्णय हुने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह–सचिव दिपक शर्माले बताउनुभयो ।

यस अघिका वर्ष अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने गरिए भए पनि यस वर्ष भने औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । भर्चुअल माध्यमबाट भने विभिन्न कार्यक्रम आयोजना गरिएका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्