कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा लिइने – Kanika Khabar
Saturday, June 6Nepali News Portal

कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा लिइने

    मा प्रकाशित

कनिका खवर
भदौ २३, काठमाडौं
कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ । सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ । अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ ।

विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्