रास्वपाको मतदान फेरि सर्यो, राति १० बजेदेखि सुरु हुने – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

रास्वपाको मतदान फेरि सर्यो, राति १० बजेदेखि सुरु हुने

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको मतदान फेरि सरेको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार अब मतदान १० बजेदेखि शुरु हुने भएको हो । यसअघि साढे ८ बजेदेखि शुरु हुने भनिएको भए पनि विद्युतीय मेशिनमा प्राविधिक काम भइरहेकोले मतदानको समय फेरि सारिएको बताइएको छ ।

आयोगले ९९ केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक सूची समेत सार्बजनिक गरेको छ । यस अघि आयोगले ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ६ बजे सार्बजनिक हुने र साढे ८ बजेदेखि मतदान हुने समयतालिका सार्बजनिक गरेको थियो । आयोगले मतदान सम्पन्न भएको २ घण्टामा मतपरिणाम सार्बजनिक हुने जानकारी दिएको छ । एक प्रतिनिधिलाई मतदान गर्न बढीमा १५ मिनेट समय लाग्ने भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्