भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव बढदै – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव बढदै

    मा प्रकाशित

कनिका खवर
भदौ २३, दाङ
भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव पनि बढीरहेको छ । विविादित हिमाली क्षेत्रमा दोहोरो गोली चलेको छ । चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ । जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएपछि दुई देशबीच तनाव झन बढिरहेको छ ।

हिजो भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पोङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्