सिन्धुपाल्चोकका ७७ हजार ९ सय ६६ परिवार नयाँ घरमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

सिन्धुपाल्चोकका ७७ हजार ९ सय ६६ परिवार नयाँ घरमा

    मा प्रकाशित

कनिका खबर
भदौ २३, सिन्धुपाल्चोक
वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबार विहीन हुन पुगेका मध्ये सिन्धुपाल्चोकका ७७ हजार ९ सय ६६ परिवार नयाँ घरमा बसाइ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालयको अनुसार निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासो सहित जम्मा लाभग्राहि ९० हजार ९ सय ४ जना रहको र जसमा ८८ हजार १ सय २३ लाभग्राही कायम भएका छन् । भूकम्पबाट जिल्लामा ७८ हजार ३ सय ३७ घरहरु पुर्ण रुपमा क्षति पुगेको थियो तर सरकारले निर्माण गरेको निति निर्माण र कार्यान्वयनले गर्दा भत्किएका घरहरु मध्ये १२ हजार ५ सय बढी लाभान्वित बनेका छन् । लाभग्राही कायम भएकाले घर बनाउन नसकिरहदा हालसम्म पनि जिल्लामा २ हजारको हाराहारीमा पुनरावेदन पेश गर्न सदरमुकाम धाइरहेका छन् । लाभग्राही कायम भएका मध्ये ८८ हजार १ सय १० जनाले मात्रै घर बनाउनका लागि सम्झौता गरेका जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारका प्रमुख प्रेमप्रसाद गौतमले बताउनुभयो । भूकम्प प्रभावित लाभग्राही सूचीमा रहेका सिन्धुपाल्चोकका ३ हजार ५८९ जनाले सम्झौता गरेर पनि अझै आवास निर्माण नगरेको पाइएको छ । वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पमा परि सिन्धुपाल्चोकमा ३ हजार ५७३ जनाले ज्यान गुमाएका थिए। ९५ प्रतिशत घर भत्किएको थियो । भूकम्पपछि सिन्धुपाल्चोकमा कुनै घर तथा सरकारी भवन, शैक्षिक संस्थाहरु बस्न लायक रहेका थिएनन् । घर बनाउन सम्झौता गरेर ५० हजार लिएका मध्ये ३६ लाभग्राही पहिलो किस्ता फिर्ता गरे पनि हालसम्म ३ हजार ५ सय ८९ जनाले हालसम्म पनि निर्माणको थालनी नगरिएको कार्यालयले जनाएको छ । कोरोना कहरका बिच बिश्व नै आक्रान्त बनिरहेको बेला जिल्लामा पुनःनिर्माणको कार्यले भने निरन्तरता पाएको छ । जिल्लामा गत चैत ११ गते पछि मात्रै ९८६ लाभग्राही नयाँ घरमा सरेको पाइएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तथ्यांक छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्