सिन्धुपाल्चोकमा ३१ गतेसम्म लकडाउन, स्वरुप भने परिवर्तन गरिने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सिन्धुपाल्चोकमा ३१ गतेसम्म लकडाउन, स्वरुप भने परिवर्तन गरिने

    मा प्रकाशित

कनिका खबर
भदौ २३, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा लकडाउनको स्वरुप परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो । नयाँ नियमअनुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य पुरा गर्नुपर्ने र त्यसको अनुगमन भने सिन्धुपाल्चोक उद्योग वाणीज्य महासंघले गर्ने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । सवारी साधन सञ्चालन गर्ने, अन्तरजिल्ला हिहडुल गर्ने लगाएतका यसअघिका निर्णय भने यथावत नै रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्