हेटौंडाका उद्योगी विके बोस नागरिकता मुद्धामा पक्राउ – Kanika Khabar
Monday, July 27Nepali News Portal

हेटौंडाका उद्योगी विके बोस नागरिकता मुद्धामा पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं २३, हटौंडा
मकवानपुर हेटौंडाका उद्योगी विके बोस नागरिकता मुद्धामा हेटौंडाका उद्योगी ५९ वर्षका विप्लपकान्ती विके बोस नागरिकता मुद्धामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा उनी पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले हेटौंडा–५ गर्दोईबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । उनलाई रौतहट पठाउने तयारी भईरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्