मुगुमा असिना पानीले यस वर्षका स्याउ सखाप – Kanika Khabar
Saturday, March 22Nepali News Portal

मुगुमा असिना पानीले यस वर्षका स्याउ सखाप

    मा प्रकाशित

कनिका खबर
भदौं २३, मुगु
हिमाली जिल्ला मुगुमा यस बर्ष अत्याधिक वर्षातको असिना पानीले स्याउ सखाप पारेको छ । लगातार वर्षा र असिना अत्याधिक मात्रामा असिना परे पछि यस वर्ष असिना पानीले सखाप पारी किसानहरुको रोजि, रोटि खोसिएको किसानहरुले बताएका छन् । गतवर्ष भण्डारण गर्न पनि धौ, धौ पर्ने गरि उत्पादन भएको स्याउ यस वर्ष असिना पानी लगातार परे पछि बगैँचामा भर्खर पालुवा जस्तै पलाई रहेका स्याउ लाई पलाउनै नदिई असिना पानीले झारेपछि मुगुका किसान चिन्तित भएका हुन् । छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का अगुवा कृषक कर्ण बहादुर भामले असिनाले पुरै स्याउ लाई नास गरे पछि चिन्ता सुरु भएको बताउनुभयो । छायानाथ रारा नगरपालिका वडा नं ५ का स्याउ किसान विष्णु माया रोकायाले असिना पानीले स्याउ सखाप पारेपछि चिन्ता लागेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका—९ कालै र सिड् िगाँउमा स्याउ उत्पादन हुन्छन् भने त्यस्तै छायानाथ रारा नगरपालिकाका ताल्च , बाम , रोवा , शोभा , लगायत अन्य ठाउमा स्याउको पकेट क्षेत्र मानिन्छ । तर यस पटक भने ति स्याउ पकेट क्षेत्र मानिएका स्थान बाट हुनु पर्ने स्याउ उत्पादन कम हुन सक्ने जिल्ला कृषी विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्