सोल्मामा कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट निर्माण – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

सोल्मामा कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट निर्माण

    मा प्रकाशित

कनिका खबर
भदौ २४, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट निर्माण गरिएको छ । अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउनका लागि भन्दै नगरपालिकाले अर्थमन्त्रालयको विशेष अनुदान वापत्को ३ करोड ३२ लाखको लागतमा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माण गरेको हो । ल्याव परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा वायोग्याँस प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । बिशेषगरी सदरमुकाम दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने तथा मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणको काम अघि बढाइएको हो । नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख र भवन लगायतका संरचना निर्माणमा ३९ लाख खर्च भएको छ । कम्पोष्ट मल तथा ग्याँस प्लान्टका लागि कार्यपालिका सदस्यले २ रोपनी जग्गा निःशुल्क उपलव्ध गराउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्