विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण – Kanika Khabar
Thursday, March 28Nepali News Portal

विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण

    मा प्रकाशित

कनिका खबर
भदौ २५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो ।

अहिलेसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ ।

विश्वको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्