बिपी जयन्तीमा मास्क बैंक स्थापना, बैंकलाई दस वटै पालिकामा पुर्‍याइयाे – Kanika Khabar
Saturday, July 19Nepali News Portal

बिपी जयन्तीमा मास्क बैंक स्थापना, बैंकलाई दस वटै पालिकामा पुर्‍याइयाे

    मा प्रकाशित

लिलाधर वली
दाङ,२५ भदौ ।

बिपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले जिल्लाका दश वटै पालिकाहरुमा मास्क बैंक स्थापना गरेको छ । नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर मञ्चले बिहीबार घोराहीमा मास्क बैक स्थापना गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नागरिकहरुलाई रोकबाट बच्नका लागि मास्क सहयोग उद्देश्यले मञ्चले मास्क बैक स्थापना गरेको मञ्चका सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् । `भएकाले दिएर जानुहोस,नभएकाले लिएर जानुहोस´ भन्ने मुख्य नाराका मञ्चले यो अभियान सुरु गरेको हो ।

मञ्च दाङका अध्यक्ष सरोज शाहको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका पूर्व सभापति वीरकेश्वरी गौतमको प्रमुख आतिथ्यता एव प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ र संविधानसभा सदस्य राजु खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोना भाइरसको महामारीको समयमा मञ्चले थालेको विपन्न वर्गलाई लक्षित गरेर थालेको अभियान प्रशंसनीय रहेको भन्दै अभियानलाई आफुहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

घोराहीमा रहेको बिपीको सालिकमा माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख वीरकेश्वरी गौतमले बिपीको नीति,विचार र सिद्धान्त ह्रास हुँदै आएको समयमा युवाहरुले विचारलाई सार्थकता दिन थालेको अभियान फलदायी रहेको भन्दै अभियानलाई जिल्लाव्यापी बनाउन समेत आग्रह गरेका थिए । ‘बिपीको नीति,विचार र सिद्धान्त अझैपनि उत्तिकै सान्दर्भिक छ’–उनले भने–‘यसलाई युवापंक्तिमा लगेर कांग्रेसमा चलायमान र उर्जाशील बनाउनका लागि मञ्चले पुलको काम गर्नेछ ।’ साथै उनले कोरोना संक्रमणको जोखिमबाट बचेर काम गर्न समेत सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा मञ्चका अध्यक्ष सरोज शाहले अभियानलाई जिल्लाका दश वटै पालिकास्तरमा पुर्‍याइने क्षेत्रीयस्तरमा रहेका युवाहरुलाई परिचालन गर्ने बताएका छन् । युवाहरुलाई हरेक क्षेत्रको नेतृत्वदायी भूमिकामा ल्याउनका लागि मञ्च गठन भएको भन्दै उनले सोही अनुसार युवाहरुलाई नेतृत्व प्रदान गरेर पहिचालन गरेको बताएका थिए ।

बिपीको सालिकमा माल्यार्पण गर्नुअघि मञ्च दाङका सदस्य निरज गिरीको नेतृत्वमा सालिक परिसर सरसफाई गरिएको थियो । यसैबिच नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले एक हजार थान मेडिकल मास्क मञ्चले स्थापना गरेको मास्क बैंकमा हस्तान्तरण गरेको छ । उक्त बैमा संविधानसभा सदस्य राजु खनाल, घोराही–१५ का वडा अध्यक्ष रमेश पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगी, २ (क)का क्षेत्रीय सभापति गिरिराज सुवेदी,क्षेत्रीय सचिव बद्री खड्कालगायतले सहयोग गरेका छन् ।
मञ्चकाे उद्देश्य बिपीकाे बिचारलाई जनताकाे तहसम्म बिस्तार गर्ने र सामाजिक कार्यमा युवाहरूलाई परिचालन गर्ने हाे । सामाजिक जिम्मेवारी बहन अब युवाले गर्नुपर्दछ भन्ने मान्यताका साथ युवाहरू संलग्न रहेकाे मञ्च केही समय पहिले दाङमा पनि गठन भएकाे हाे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्