बाँकेमा विभिन्न मुद्दाका फरार ७ दोषी पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बाँकेमा विभिन्न मुद्दाका फरार ७ दोषी पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २५, दाङ ।
विभिन्न मुद्दा दोषी ठहर भई फरार भएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई विभिन्न समयमा पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ४ बस्ने दामोदर सुनार रहेका छन् । उनी विरुद्ध जिल्ला अदालत बाँकेले चोरी मुद्दामा दोषी ठहर गदै १ लाख ४० हजार ३ सय ८६ रुपैया जरिवाना फैसला गरेको थियो ।
डुडुवा गाउँपालिका ३ बस्ने कृपाराम खटिक र सोहि ठाउँका महबुब आलामलाई कुटपिट मुद्दामा अदालतले दोषी ठहर गदै खटिकलाई ६ हजार २ सय ५० रुपैया र आलामलाई ४४ हजार १ सय ६६ रुपैया जरिवाना फैसला गरेको थियो । उनलाई प्रहरीले लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरी आबश्यक कारवाहीका लागी अदालत उपस्थित गराएको बताएको छ ।

प्रहरीका अनुसार अखाद्य बस्तु विक्री गरेको मुद्दामा फरार नेपालगञ्ज उपमाहनगरपालिका १९ दिनेश कुमार गुप्ता पक्राउ परेका छन् । यस्तै सोही उपमहानगरपालिका १४ बस्ने नजिर कवडियालाई सार्बजनिक मुद्दामा दोषी ठहर गदै २ हजार जरिवाना र बैजनाथ गाउपालिका ६ बस्ने टिकाराम उपाध्यायलाई सवारी ज्यान मुद्दामा ३ दिन कैद सजाय तोकेकोमा उनीहरु फरार भएका थिए ।
प्रहरीले करकाप मुद्दामा फरार बैजनाथ गाउँपालिका ८ बस्ने ३६ वर्षीय चिम्मन मंगतालाई ९ वर्ष पछि गएको बुधवार पक्राउ गरेको छ । उनी विरुद्ध जिल्ला अदालत बर्दियाले २०६८ ÷३÷२३ गते फैसला गदै ५ सय रुपैया जरिवाना तोकेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्