विजय लघुबित्त बित्तीय संस्थाद्वारा राहत – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

विजय लघुबित्त बित्तीय संस्थाद्वारा राहत

    मा प्रकाशित

दुख हरण यादव,

गढवा २५, बैशाख

विजय लघुबित्त बित्तीय सस्था शाखा कार्यालय गढवाले गढवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० हजार रकम सहयोग गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम को लागि नेपाल सरकारले अधिराज्यभरि लागू गरेको लकडाउन को पालना गरी घरमा बसेको दैनिक ज्यालादारी तथा मजदुरी गर्दै जीवन यापन गर्दै आइरहेका गरिब तथा अति बिपन्न परिवारलाई राहत बितरण को लागि गढवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा १० हजार राहत सहयोग गरेको विजय लघुबित्त बित्तिय सस्था गढवाकि कार्यलय प्रमुख नारायणी डि.सिले बताइन ।

विजय लघुबित्त बित्तिय सस्था केन्द्रीय कार्यालय नबलपरासी गैडाकोटको निर्णय अनुसार विजय लघुबित्तको अधिराज्य भरी रहेको ५७ वटा शाखाको कुल ५० वटा स्थानीय तहले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा १०/१० हजारको दरले राहत बितरण गर्ने निर्णय अनुसार गढवा गाउपालिकामा पनि रकम १० हजार सहयोग गरेको डि.सीले बताइन् ।

यस्तै विजय लघुबित्त वित्तीय सस्थाले यस अघि नेपाल सरकारले स्थापना गरेको प्रकोप व्यवस्थापनको केन्द्रीय कोषमा विजय ६ लाख र ५० वटा स्थानीय तहमा ५ लाख गरी ११ लाख राहत सहयोग गर्ने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले बताए । राहत रकम बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले कोरोनाको कहर दिन प्रति दिन बढदै गएकोले अवको स्थितिमा गरिव तथा विपन्न परिवारको जीविकोपार्जनमा सहयोग गर्ने हेतुले गढवा गाउँपालिकाले थप ५० लाखको कोष स्थापना गरेको बताउदै विजय लघुबित्तीय सस्थंले यस घडीमा गरेको सहयोगको प्रशंसा गर्दै रकमको पुर्ण सदुपयोग गर्ने बताए ।

उनले सहयोग दाताहरुलाई एक द्वार प्रणाली बाट राहत सामग्री बाँड्ने निर्णय भएकोले राहतको लागि सहयोग गर्न चाहने इच्छुक,समाजसेवि,उद्धोग ब्यबसायी ,निर्माण ब्यब्सायी ,संघ,संस्था,आम नागरिक तथा कर्मचारी लगायत सम्पूर्ण जिम्मेवार नागरिक लाई यस गढवा गाउ पालिकाको NIC ASIA बैंकमा प्रकोप व्यवस्थापन कोषको नामले खोलिएको खाता नं ०५१ २०५० ०२७ ७६९० ०२ मा दाखिला गरेर सहयोग गर्न र जिन्सी सामग्री सहयोग गर्ने महानुभावले गाउँपालिकामा सम्पर्क गरी सहयोग गर्न अव्हान गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्