एएफसी कप फुटबल प्रतियोगिता रद्द – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

एएफसी कप फुटबल प्रतियोगिता रद्द

    मा प्रकाशित

कनिका खबर
भदौ २६, दाङ
कोरोना भाईरसको महामारीको कारण यस वर्षको एएफसी कप फुटबल प्रतियोगिता रद्द भएको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले बिहीबार क्लब स्तरीय एएफसी कप रद्द गर्ने निर्णय गरेको हो ।
अनलाईनको माध्यमबाट बसेको एएफसीको बैठकले कोरोनालाई मध्येनजर गर्दै यस वर्षको एएफसी कप रद्द गर्ने निर्णय गरेको हो । यस्तै, युएईमा तय भएको एएफसी फुटसल क्लब च्याम्पियनसिप समेत रद्द गरिएको छ । एएफसीले एएफसी १६ वर्ष मुनिको र १९ वर्षमुनिको च्याम्पियनसिप २०२१ सम्मको लागि स्थगित गरेको छ । एएफसी सोलिडारिटी कप समेत २०२४ सम्मका लागि स्थगित गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्