नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

    मा प्रकाशित

कनिका खबर
भदौं २६, काठमाडौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजनलाई प्रष्ट पारेको छ । आज बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अर्का अध्यक्ष प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
गत असार १० देखि जारी नेकपाको स्थायी कमिटी बैठक आज सकिएको छ । बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि आज १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । ती सबै धारणाका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको थियो । बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीलाई विधिसम्मत् अगाडि बढाउने र कमीकमजोरी सच्याउने अनि एकतावद्ध रूपमा अघि बढ्ने निर्णय आजको बैठकले गरेको छ । दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्ने निस्कर्ष पनि आजको स्थायी कमिटी बैठले गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्