चन्दा उठाएर कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल – Kanika Khabar
Thursday, April 18Nepali News Portal

चन्दा उठाएर कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल

    मा प्रकाशित

कनिका खबर
भदौं २७, सिन्धुपाल्चोक
गाउँपालिका र माथिल्लो निकायबाट भएको प्रयास पर्याप्त नभएपछि चन्दा सहयोग जुटाएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडा अध्यक्ष सुकदेव रिसालले गाउँमा मिनि अस्पताल निर्माण गर्नुभएको छ । कोरोना सङ्क्रमणको जोखिममा रहेकालाई राख्ने र सङ्क्रमित भएकालाई उपचार गर्नेसम्मको मिनि अस्पतालका रूपमा व्यवस्थित आईसोलेसन र क्वारेन्टाईन निर्माण गरिएको हो । त्रिपुरासुन्दरीसहित आसपासका स्थानीय तहले खाँडिचौरमा बनाईएको साझा क्वारेन्टाइन पर्याप्त नभएकाले गाउँमै आईसोलेसन र क्वारेन्टाईन निर्माण गरेर जनतालाई सेवा दिईएको वडा अध्यक्ष रिसालले बताउनुभयो । अहिले कोरोना सङ्क्रमितको उपचारका लागि मात्रै होईन यसलाई पछि अस्पतालकै रूपमा विकास गर्ने जनाइएको छ । पात्लेमा रहेको हरिसिद्धि आधारभूत विद्यालयमा मिनि अस्पतालको झल्को दिनेगरि आइसोलेसन र क्वारेन्टाईन बनाईएको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएकाले अर्को विद्यालयसँग मर्ज गर्ने निर्णय गरेर उक्त भवनलाई अस्पतालको रुपमा प्रयोग गर्ने योजना अघि सारिएको वडाअध्यक्ष रिसालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्