भाेलि काेराेना परीक्षण किट अाउने – Kanika Khabar
Friday, April 19Nepali News Portal

भाेलि काेराेना परीक्षण किट अाउने

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २५, दाङ ।
सरकारले मुलुकमा अभाव भएको कोरोना परीक्षण किट भोलिसम्ममा व्यवस्थापन भइसक्ने जनाएको छ । उपप्रधान मन्त्री एवं कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले भोलिसम्ममा चीन र सिङ्गापुरबाट परीक्षण किट नेपाल आइसक्ने बताए । अष्ट्रेलिया गएको नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजले पनि किट ल्याएर फिर्ता हुन लागेको वरिष्ठ क्याप्टेन विजय लामाले जानकारी दिए । सरकारले जारी लकडाउन आगामी जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय हिजो गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाइ पनि गर्ने निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्