पहिरो पीडितलाई राहत सामाग्री प्रदान – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पहिरो पीडितलाई राहत सामाग्री प्रदान

    मा प्रकाशित

कनिका खबर
भदौं २८, सिन्धुपाल्चोक

जुगल गाउँपालिका २ लिदी गाउँका पहिरो प्रभावितलाई राहत सामाग्री प्रदान गरिएको छ । पहिरोबाट बिस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिईरहेका उनीहरूलाई हिजो खानेपानी सञ्चयका लागि ट्याङ्की, कम्बल र मेडिकल सामाग्री प्रदान गरिएको हो । शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामाग्री बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापती एवम् सांसद सरेश नेपालले पहिरो प्रभावित र बिस्थापितलाई वितरण गर्नुभयो । राहत वितरणका लागि बाँसखर्क स्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग विस्थापित परिवारले स्थायी बासको लागि पहल गरिदिन आग्रह गरेका छन् । टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरूले तत्काल व्यवस्थित किसिमको अस्थायी संरचना बनाईदिन आग्रह गरेका हुन् । पहिरोपछी लिदिबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याईएको भन्दै नेपालले बर्खापछी स्थायी र सुरक्षित बासस्थान व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्