स्थिति अझै भयावह हुन सक्ने : प्रधानमन्त्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

स्थिति अझै भयावह हुन सक्ने : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २५, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

वुद्ध जयन्तीको शुभकामना दिँदै जारी गरिएको भिडियो सन्देशमा उनले नेपालमा समयमै सरकारले उचित कदम चालेकाले अवस्था भयावह भैनसके पनि भयावह हुनसक्ने लक्षणहरु देखिएको बताएका छन्। ‘यदि हामी आफ्नो सतर्कता, तयारी र रोकथाममा सबैको समझदारीपूर्ण एक्येवद्धता भएन भने यस महमारीले भयावहरुप लिन सक्दछ। त्यसकारण हामी सजग हुन जरुरी छ’, उनले भनेका छन्।

कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको भन्दै उनले विश्व शान्तिको चाहना तड्पिरहेको छ र वुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएर आइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले रोल्पामा बम विस्फोटमा परेर ज्यान गुमाएका ४ जना बालबालिका प्रति श्रद्धान्जली अर्पण गरेका छन्।

‘कोरोनाले विश्वलाई भयावह र त्रसित बनाएको छ। कोरोनाबाट अमुल्य जीवन गुमाउने प्रति श्रद्धासुमन व्यक्त गर्दुछ। संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, सन्देशमा भनेका छन्। उनले आज साँझ ७ बजे घर घरमा दीप प्रज्वलन गर्न समेत आग्रह गरेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्