सिन्धुपाल्चोक पहिरो कहर : असार यता मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ बेपत्ता – Kanika Khabar
Sunday, October 6Nepali News Portal

सिन्धुपाल्चोक पहिरो कहर : असार यता मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ बेपत्ता

    मा प्रकाशित

कनिका खबर
भदौ २९, सिन्धुपाल्चोक ।
बितेको दुई महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी ७४ जनाको मृत्यु भएको छ । हालसम्म ४१ जना वेपत्ता रहेका छन् । हिजो आइतबार बाह्रबिसे नगरपालिका वडा नं. ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना हालसम्म पनि वेपत्ता छन् ।
असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा बाढी पहिरोले २ जनलाई बगाएको थियो भने १ जना हालसम्म पनि वेपत्ता छन् । गत असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा पनि ठूलो क्षति पु¥याएको थियो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भएको थियो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यही दिन भोटेकोशी गाँउपालिका–४ वुलकुटेमा बाढीले बगाएर एक जनाको मृत्यु भएको थियो । साउन १ गते भोटेकोशी गााउपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुरेकोमा धेरै ठूलो प्रयासपछि मात्र शव फेला परेको थियो । गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्ड हल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा ९ जनाको मृत्यु भएको थियो । मेलम्ची खानेपानीको गेट फुटला खोलाको बेगले २ जनलाई बगाएको थियो जसमा १ जना हालसम्म पनि हराइरेहका छन् । साउन ३० गते सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको थियो भने पहिरोमा हालसम्म पनि २ जना हराइरहेका छन् । बिभिन्न पहिरोमा हालसम्म ४२ जना हराईरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्ण ?पमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । जसमा बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाँउपालिकामा २०, जुगल गाँउपालिकामा २९ र शुनकोशी गाँउपालिकामा ४ घर पहिरोले पूर्ण ?पमा क्षति पु¥याएको छ । बाढीपहिरोपछि सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको १४ सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्