असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका यातायात सञ्चालन हुने – Kanika Khabar
Saturday, June 27Nepali News Portal

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका यातायात सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भए पनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्