असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका यातायात सञ्चालन हुने – Kanika Khabar
Friday, April 26Nepali News Portal

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका यातायात सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
भदौ २९, दाङ ।
सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।

अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भए पनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्