जनतासँग काङ्ग्रेस : पहिरोले क्षति पुगेको स्थानमा अनुगमन, सहयोग गर्ने प्रतिवद्धता – Kanika Khabar
Monday, August 10Nepali News Portal

जनतासँग काङ्ग्रेस : पहिरोले क्षति पुगेको स्थानमा अनुगमन, सहयोग गर्ने प्रतिवद्धता

    मा प्रकाशित

सञ्जिव पछाइ
भदौ २९, दाङ ।


जनताका दुःखसुखमा साथ दिदै आएको नेपाली काङ्ग्रेस दाङ यतिबेला बाढी पहिरोले क्षति पुगेको स्थानमा पुगी अनुगमन गर्न थालेको छ । गएराति दाण्मा परेको अविरल वर्षा र वर्षापश्चात आएको बाढीले पुग्याएको क्षतिको अनुगमन गर्न आज काङ्ग्रेस बाढी पहिरो क्षेत्रमा पुगेको हो ।
घोराही उपमहानगरपालिका वडा नं. १२ खरिबोटमा गएराति गएको पहिरोले दुई वटा घरमा पूर्ण क्षति पुग्नुका साथै गाउँ नै जोखिममा परेको छ । आज सोमबार नेपाली काङ्ग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । अनुगमन पश्चात सभापति डाँगलिे पार्टीले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘दुई घर पूर्ण रुपमा क्षति भएको छ र गाउँ नै जोखिममा छ । राज्यको तहबाट पहल होला या नहोला । नेपाली काङ्ग्रेसले आफ्नो तर्फबाट सहयोग गर्ने नै छ ।’


अनुगमनमा कमल गौतम, निर्मल न्यौपाने,बासु गौतम, कुलबहादुर बस्नेत,शिवराज खनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्