दाहसंस्कारको चार दिनपछि पोजेटिभ रिपोर्ट – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दाहसंस्कारको चार दिनपछि पोजेटिभ रिपोर्ट

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, काभ्रे
काभ्रेमा थप एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । गत २५ गते बिहिबार बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी भुम्लु गाउँपालिका वडा नं ८ निवासी ७० वर्षिया महिलामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आईतबार राति आएको हो । सङ्क्रमित महिलाको मृत्युको विवरण भने अस्पतालले सार्वजनिक नगरेको भएपनि स्वास्थ्य कार्यलय काभ्रेले हिजो सार्वजनिक गरेको हो । बिरामी भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत ती महिलाको २५ गते मृत्यु हुने बित्तिकै कोरोना सङ्क्रमणको रिपोर्ट नआई अस्पतालले जर्वजस्ती मृतकका आफन्तलाई शव बुझाएको बताइएको छ । आफन्तले भुम्लु ८ मा रहेको डुम्रेघाटमा अन्तिम संस्कार गरेका थिए । महिलाको दाहसंस्कारमा गाउँका झण्डै ५०/६० जना सहभागी भएको मृतकका आफन्तले बताएका छन् । यो सँगै काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक÷एक जनाको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्