आईसोलेसनमा पर्याप्त पानी पिउन नपाएको ओखलढुंगाका कोरोना सङ्क्रमितको गुनासो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईसोलेसनमा पर्याप्त पानी पिउन नपाएको ओखलढुंगाका कोरोना सङ्क्रमितको गुनासो

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, ओखलढुंगा
ओखलढुंगाको रुम्जाटार अस्पतालको आईसोलेसनमा राखिएका कोरोना सङ्क्रमितले पर्याप्त पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् । पानी नहुँदा शौचालय प्रयोग गर्न समस्या भएको र पिउने पानी समेत पर्याप्त नपाएको आईसोलेसनमा बसेकाहरुको गुनासो छ । उपचारका लागि राखिएको भनिए पनि पानीसमेत पर्याप्त पिउन नपाउँदा स्वास्थ्यमा थप समस्या उत्पन्न भएको आईसोलेसनमा बसेका योगेश्वर राजभण्डारीले बताउनुभयो । दिनमा प्रतिव्यक्ति २ बोत्तल मिनिरल वाटर दिए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ । स्वास्थ्यमा समस्या हुँदासमेत जाँच नभएको उहाँको गुनासो छ । आईसोलेसनमा बसेका महलकृष्ण श्रेष्ठले आईसोलेसनमा बस्दा अर्को स्वास्थ्य समस्या नहोला भन्न नसकिने धारणा राख्नुभयो । पानीको अभाव भएपछि सोमबार दमकलमार्फत आईसोलेसनको शौचालयका लागि पानी ल्याईएको थियो । यस विषयमा स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले पहिरोले पानीको पाईप बगाएकाले रुम्जाटारमा पानीको समस्या हुँदा त्यसको असर आईसोलसनमा परेको हुन सक्ने जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय प्रमुख तिवारीले प्रदेश सरकारले निर्देशन मात्रै दिने गरेको तर बजेट समयमा नपठाउँदा स्थानीयस्तरबाटै आन्तरिक व्यवस्थापन गर्नु परेको धारणा राख्नुभयो । जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सन्तोष देवले रुम्जाटारको आईसोलेसन प्रदेश १ कै उत्कृष्ट आईसोलेसन रहेको दावी गर्नुभयो । रुम्जाटारमा १५ शैय्याको आइसोलेसन छ । त्यहाँको आइसोलेसनमा अहिले १४ जना कोरोना सङ्क्रमितलाई राखिएको छ । जिल्लाका ३० जना सकृय संक्रमित मध्ये अन्य १६ जना ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्