७ वर्षदेखि अलपत्र टेलिकमको भवनको निर्माण कार्य अन्तिम चरणमा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

७ वर्षदेखि अलपत्र टेलिकमको भवनको निर्माण कार्य अन्तिम चरणमा

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, धादिङ
नेपाल टेलिकम दुरसञ्चार शाखा कार्यालय धादिङको जीर्ण रुपमा रहेको भवन ७ वर्षपछि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ओम कुण्डलेश्वर प्रा.लि भक्तपुरले ५ महिनामा निमार्ण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेपछि भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो । करिब ७ वर्षदेखि जीर्ण अवस्थामा रहेको टेलिकमको भवन असोज १ गतेदेखि नयाँ व्यबस्थाका साथै नयाँ भवनमा सर्ने योजना भएको नेपाल टेलिकम धादिङका प्रमुख श्याममणी अर्यालले बताउनुभयो । नयाँ भवन निर्माण कार्यमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको लकडाउनका कारण आवश्यक सामग्रीहरु ल्याउन समस्या उत्पन्न भएको अर्यालले बताउनुभयो । करिब २ करोड २ लाख ४८ हजार ७ सय ९ रुपैया ७ पैसाको लागतमा पक्की चार तले भवन निर्माण गर्ने भनी सम्झौता गरिएको थियो । टेलिकमको आफ्नै भवन नहुँदा अहिले ८० हजारका दरले भाँडा तिरी कार्यालय सञ्चालन गर्दा बार्षिक १० लाख भाडा तिर्नुपरेको अर्यालले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्