जागरण एफ एम सुर्खेत १३ वर्षमा प्रवेश – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

जागरण एफ एम सुर्खेत १३ वर्षमा प्रवेश

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, सुर्खेत
हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित जागरण एफ एम सुर्खेत आज देखि १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । कर्णाली प्रदेशको राजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर १२ का युवाहरुले स्थापना गरेको जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. र हाल हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्था लि. ले ‘जनताको आवाज’ नाराका साथ वि. सं. २०६५ साल भदौ ३१ गते स्थापना गरि प्रशारण आरम्भ गरिएको थियो । समुदायका बढीभन्दा बढी नागरिकहरुको सहभागितामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले जागरण एफ. एम. सञ्चालनमा आएको हो । विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्