काङ्ग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना – Kanika Khabar
Saturday, June 6Nepali News Portal

काङ्ग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, दाङ ।
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी होम आइसोलसनमा बसेका थिए । कोइरालालाई माइल्ड निमोनिया र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

घरमै स्वास्थ्यलाभ गरिरहेका कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझ चाबहिलस्थित ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

हल्का ज्वरो र रुघाखोकी देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको तिवारीले बताए । कोइरालालाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको पनि तिवारीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्