गणेश कार्कीको असन्तुष्टि- के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? – Kanika Khabar
Thursday, June 25Nepali News Portal

गणेश कार्कीको असन्तुष्टि- के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ?

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मतदान सुचीमा आफ्नो नाम पछि राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कार्कीले जारी मतदानमा आफ्नो नाम १३३औं नम्बरमा रहेको भन्दै भोटिङ मेशिनमा के आधारमा स्थान तोकियो भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्- ‘खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।’

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि गएराती १२ बजेदेखि मतदान जारी रहेको छ भने यसका लागि प्रदेश र खुला गरेर ३८४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्