कोरोना अपडेट :पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना पुष्टि, १०६८ जना कोरोना मुक्त, ८ जनाको मृत्यु – Kanika Khabar
Monday, July 27Nepali News Portal

कोरोना अपडेट :पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना पुष्टि, १०६८ जना कोरोना मुक्त, ८ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७१ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या३७९ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्