कनिका संवाददाता
बैशाख २५, दाङ ।
स्वीटजरल्याण्डले सहयोग गरेको कोरोना परीक्षण किट नेपाल आइपुगेको छ । स्वीटजरल्यान्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको हो ।
पीसीआर टेस्ट किटका साथै स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री पनि नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल ल्याइएको हो । स्वीटजरल्याण्ड सरकारकोतर्फबाट स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको हो । स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।
यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्व तयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।