दाङ । लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्य को संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । त्यसैदिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी जेठ १५ गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइने भएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।
प्रदेश सरकारले गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, संघीय शासन व्यवस्था र नागरिक अधिकारको सुदृढीकरणसँग जोडेर मनाउदै आएको छ ।
मा प्रकाशित


