पहिरोका कारण पर्वतको फलेवासका ७ वटा उच्च बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारिस – Kanika Khabar
Friday, March 29Nepali News Portal

पहिरोका कारण पर्वतको फलेवासका ७ वटा उच्च बस्ती जोखिममा, स्थानान्तरण गर्न सिफारिस

    मा प्रकाशित

कनिका खबर
असोज १, पर्वत
लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्तीहरु उच्च जोखिममा परेका छन् । नगरको वडा नम्बर ४ मुडिकुवाको चुरी, वडा नंम्बर १० कुर्घाको फल्ला, वडा नम्बर २ थापाठानाको दरदरे, वडा नम्बर ३ शंकरपोखरीकोे पुर्कोट र रुग्दी र वडा नम्बर ६ देविस्थानको राहले बस्ती जोखिममा परेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । वर्षाका कारण पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्तीका करिब १ सय घरपरिवार जोखिममा रहेकाले सुरक्षित ठाएँमाा स्थानान्तरण गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीहरुलनई स्थानन्तरण गर्न संघ र प्रदेश सरकारमा सिफारीस गरेको शर्माले बताउनुभयो । संघ र प्रदेश दुवै सरकारमा सिफारी गरि पठाइएको र नगरवाट सम्वोधन हुन सक्ने जोखिमयुक्त ठाउँमा भने नगरलेनै योजना बनाएर पुर्नस्थापनाका कार्य अघि बढाउने शर्माको भनाई छ । सवैभन्दा बढि कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा रहेका छन् । त्यस्तै बाढिपहिरोका कारण नगरपालिका भित्र रहेका खानेपानी, विद्युत, सिंचाईका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्नका लागि सम्वन्धित कार्यालयमा माग गरि पठाउने निणर्य समेत वैठकले गरेको छ । विस्थापित भएकाहरुलाई तत्काल राहतका लागि नगरपालिकाले पहल गर्ने भएको छ । केहि दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिक सहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद व्यवस्थापन समितिको वैठकले बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारीस गरेको हो । अविरल बर्षाका कारण पहिरो जादा पहिरोमा पुरिएर गत सोमबार फलेवार नगरपालिकाको वडा नं.४ मुडिकुवा स्थित शिर्सुवामा स्थानीय नबिन विककी ३ वर्षीया छोरि निकिता विकको ज्यान गएको थियो । सोहि दिनको वर्षाका कारण नगरका सवैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अबरुद्ध बनेका मुख्य मुख्य ग्रामीण सडकहरुमा निर्माणाधिन भए सम्वन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निणर्य समेत नगरपालिकाले गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्