सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा भीड लाग्यो – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा भीड लाग्यो

    मा प्रकाशित

कनिका खबर
असोज १, भक्तपुर
आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिल मिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेको भीड लागेको हो । आश्विन कृष्ण प्रतिपदा देखि अमावस्यासम्म ब्रम्हाण्डको उर्जा तथा त्यस उर्जासँगै पितृप्राण व्याप्त रहने विश्वासका साथ पितृपक्ष मनाइन्छ । यस वर्ष पनि विगतमा जस्तै आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आज अपराह्न कालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । धर्मशास्त्र अनुसार जुन कुरा श्रद्धापूर्वक जे अर्पित गरिन्छ, त्यो नै श्राद्ध हो । हिन्दु धर्म शास्त्रहरुमा पितृ श्राद्ध गर्नु पुत्रको अनिवार्य कर्तव्य मानिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्