यूथ काङ्ग्रेसले माग्यो काठमाडौँका मेयर शाक्यको आइसोलेसन खर्चको हिसाब – Kanika Khabar
Monday, July 27Nepali News Portal

यूथ काङ्ग्रेसले माग्यो काठमाडौँका मेयर शाक्यको आइसोलेसन खर्चको हिसाब

    मा प्रकाशित

कनिका खबर
असोज २, काठमाडौँ ।
यूथ कांग्रेस नेपालले काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यसँग आइसोलेसन खर्चको हिसाब माग गरेको छ । शाक्य कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणपश्चात् ‘सोल्टी होटल’ आइसोलेसनमा बसेका थिए । उनी सोल्टी होटलको आइसोलेसनमा बस्दाको खर्चको हिसाब यूथ काङ्ग्रेसले माग गरेको हो ।

होम आईसोलेसनमा बसेका भनिएका मेयर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेको भनि विभिन्न सञ्चार माध्यममा समाचार बाहिरिएपछि यूथ कांग्रेस नेपालका सदस्यहरुले सूचनाको हक सम्बन्धिको निवेदन मार्फत् मेयर शाक्यको आइसोलेसन खर्च माग गरेको हो ।

विगत ६ महिनामा महानगरका कर्मचारी र पदाधिकारीहरुले ‘कोभिड – १९’ को उपचार र सुरक्षाका सम्बन्धमा गरेको खर्च विवरण समेत माग गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्